Livelihood

Related to Life

Happiness

Related to Life

Celebration

Related to Life

Life

Related to Life

बारेमा

पुनर्निर्माणका कथाहरू… घरदेखि मन बनेका कथाहरू

पुनर्निर्माणका कथाहरूविपद र प्रकोपपछि पुनः बनेका घर र मनहरूको कथाको श्रृंखला हो । शब्द, तस्वीर र भिडियोको माध्यमबाट नवीनतम शैलीमा पुनर्निर्माणका कथाहरू प्रस्तुत गर्नका लागि यो वेव पोर्टल शुरू गरिएको हो ।

यो कथा श्रृंखलामा गत २०७२ बैशाख १२ गते गएको भूकम्प, समय समयमा तराइ क्षेत्रमा जाने बाढी र पहाडी क्षेत्रमा जाने पहिरो र अन्य विभिन्न खालका विपदपछि पुनर्निर्माणका लागि भएका प्रयासहरू समेटिनेछन् ।

यो कथा श्रृंखला अलङ्कार इनोभेसन्स एण्ड डिजिटल भेन्चर्सले शुरू गरेको हो । यसमा फ्नो कथा प्रस्तुत गर्न चाहनेले हाम्रो फेसबुक पेजमा गएर सान्दर्भिक तस्वीरसहित कथा पठाउन सक्नुहुन्छ । यदि तपांले फ्नो कथा श्रव्य वा दृश्यको माध्यमबाट सुनाउन वा देखाउन चाहनुहुन्छ भने तपांको सम्पर्क नम्वर पनि फेसबुक पेजको माध्यमबाट पठाउन सक्नुहुन्छ ।

Story of Flood Survivors [बाढी प्रभावितहरूको कथा]

video
यो रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं. ९, ब्रम्हपुरीको कथा हो । गत वर्षको वर्षायाममा आएको बाढी बस्तीमा पसेपछि भएको क्षतिका कारण अझै पनि स्थानीय बासी ढुक्कका साथ बस्न सकेका छैनन् । कतिपयले घर भत्किएपछि ऋणधन गरेर सानो झुपडी बनाएर बसेका छन् । झुपडी...

बाढीपछि बाटो बनाएको कथा

video
यो रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नं. ४ को कथा हो । गत वर्षको बाढीले यस गाउँका बासिन्दा ओहोरदोहोर गर्ने बाटो पुरै बगायो । मुस्किलले आफ्नो ज्यान बचाउन सकेका गाउँलेहरु अहिले कसैको मुख नताकी आफ्नो बाटो आफै बनाऊ भन्ने अभियानमा जुटेका छन् । आफ्नै...

Story of Road [बाटोको कथा]

video
भूकम्पले विनाश मात्र गर्दैन । विनाशसँगै पुननिर्माणका लागि नयाँ अवसरको पनि सिर्जना गर्छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नं. ६, थुम्पाखरका बासिन्दाका लागि भूकम्प एउटा अवसरको रूपमा आयो । यसअघि सडक नपुगेको यो गाउँमा वडाध्यक्षको पहलमा मोटरबाटो पुगेको छ । यसले गर्दा पुनर्निर्माण पनि...